न्युज 1नेपाल संवाददाता
पौष २८ गते, सप्तरी।
सप्तरीका प्रहरी गस्ती टोलीले सप्तरीको बलान विहुल गाउँपालिका वडा नं -१ को बलानपट्टी बाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
शनिबार राति गस्ती टोलीले बलानपट्टी स्थित कमलदहको एक परालको टालमा छोपी लुकाएर राखिएको अवस्थामा करिब ७ क्विन्टल अवैध गाँजा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
जम्मा २४ ओटा पोकामा ६ सय ७० किलो अवैध गाँजा बरामद गरिएको आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले एक पत्रकार सम्मेलनको आयोजन गरी सार्वजनिक गरिएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी मौहाका प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ नेतृत्वको गस्ती टोलीले २४ वटा पोकामा रहेको उक्त गाँजा बारामद गरेका थिए।
यसअघि पनि मङ्सिर ३ गते राती प्रहरीले राजगढ गाउँपालिकाबाट एक टिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो लागू औषध गाँजा पक्राउ गरिएको थियो। यसै बीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले उक्त टोलीका प्रसनी हेमन्त तामाङ,वरिष्ठ हवलदार राजकुमार महतो, प्रहरी जवान अर्जुन कुमार शाह र मुकेश रायलाई प्रहरीको ड्युटीमा राम्रो भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको छ।