• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार समाचार

किसानहरूले उत्पादनको बिक्री गर्ने जिम्मा गाउँपालिकाले लिने: उपाध्यक्ष चौधरी

img

राष्ट्रिय कृषक महासंघ गाउँपालिका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले ‘किसानहरूले निर्वाहमुखी खेती छोडेर व्यवसायीक खेती गर्नुपर्ने आवश्यकता रहेको’ बताईन् ।
‘किसानहरूले अहिले गरेको निर्वाहमुखी खेतीले किसानको लगानी र परिश्रम दुबै खेरा गइरहेका छ’, उपाध्यक्ष चौधरीले भनिन् ,’किसानहरूले अब व्यावसायिक खेती गर्नु आवश्यक छ, बजारको समस्याको चिन्ता नगरी उत्पादन बढाउनुस विक्री गर्ने जवाफदेही गाउँपालिकाले लिन्छ।’
उनले किसानहरुलाई प्रोत्साहन गर्न कृषि विधुतीकरण, विधुत महसुल निशुल्क गरि किसानको पक्षमा गाउँपालिकाले सकृय भूमिका निर्वाह गर्दै आएको’ जिकिर गरिन । ‘मलखादको सहज आपूर्ति, सहुलियत मुल्यमा विउवीजन, आधुनिक कृषि उपकरण तथा कृषकहरुलाई गाउँपालिकाले अनुदान र प्रशिक्षण दिदै आएको उल्लेख गर्दै उनले किसानहरूले लगानीको अनुपातमा अझै उपलब्धि हाँसिल गर्न नसकेको’ टिप्पणी गरिन ।
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ मधेस प्रदेशका सचिब जामुन यादव, लेखा संयोजक श्याम कुमार चौधरी, सप्तरी जिल्ला अध्यक्ष तेज नारायण यादव, पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी यादव, अमसोत सामुदायिक कृषि सहकारी संस्था बेल्हाका व्यवस्थापक रामी यादव, वरिष्ठ कृषक काशीनाथ बन्जरा, सकुन्तला चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बार्षिक परिषदमा कोषाध्यक्ष शिवानी कुमारी चौधरीले आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने महासंघकी केन्द्रीय सदस्य एवम् गाउँपालिका सहजकर्ता सुमित्रा कुमारी चौधरीले गाउँपालिकामा केयर नेपाल र गाउँपालिकाको साझेदारीमा संचालित बार्षिक कार्यक्रम बारे प्रकाश पारेकी थिइन्।
राष्ट्रिय कृषक महासंघ गाउँपालिकाकी सचिब टिकालक्ष्मी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य सदस्य डम्बरी मगरले राखेकी थिइन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी