• img
  • img
img img img
Categories
Uncategorized प्रदेश समाचार समाचार

जनकपुरमा माघ ५ गते शहिद दिवस मनाउने विषयमाप्रदेश सभा सदस्यहरूको अन्तरक्रिया

img

माघ ४ गते, जनकपुर।
राज्यले सहिदहरुको सम्मान गर्न सहिद परिवारलाई निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य उपचार र रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिएका छन् ।
माघ पाँच गते मधेश प्रदेश सरकारले मनाउने सातौं वलिदानी दिवसको अवसर पारेर जनकपुरमा मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रम बोल्दै प्रदेशसभा सदस्यहरुले सहिदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था आएको यथार्थ भएपनि सहिद र सहिदका परिवारका लागि गर्नुपर्ने काममा राज्य त्रुटि गरिएको आरोप लगाए। नेपाली काँग्रेस संसदीय दल मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सहिद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाइ भैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नु पर्नेमा जोड दिए ।
नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले सहिद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले सहिद प्रतिष्ठान गठन गरेपनि अधिकार सम्पन्न नभएको भन्दै प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवस्यकता औल्याए ।
कार्यक्रमका सहभागिहरुले २०३६ सालको आन्दोलनको क्रममा मिथिला राज्यको माग गर्दै आन्दोलनमा रहेका डा.लक्ष्मी नारायण झालाई वेपत्ता बनाइएपछि हालसम्म उनको अवस्थावारेमा कुनै अत्तोपत्तो नभएको भन्दै प्रदेश सरकारले एउटा छुटै उच्चस्तरीय समिति गठन गरी खोजबिन गर्नुपर्ने माग गरे ।
कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, नेपाली काँग्रेसका जीवछी यादव, नेकपा एमालेका शारदा थापा, राप्रपाका कन्चन बिच्छा सहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितकाले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नुपर्ने कामकाजको विषयमा आफनो धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले छलफलको क्रममा सहभागिहरुवाट आएका सुझावहरुलाई आत्मसाथ गरी मन्त्रालयले शहिदपरिवारकोलागि अगामी दिनमा कार्यक्रमहरु तय गर्ने बताए । उनले सहिदको सपना पुरा गर्न र सहिद परिवारको समस्या समाधानका लागि हामीले प्रयास सुरु गरेको भन्दै मन्त्रालयको एकलो प्रयासले मात्रै सम्भव नहुने धारणा राखे ।
हामीले थालेको प्रयासलाई सफल पार्नका लागि विभिन्न राजनीतिक दल , प्रदेशसभा सदस्य र कर्मचारीको पनि भूमिका त्यतिकै रहेको उनको भनाइ थियो । कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यन्याधिवक्ता सुरेन्द्र महतोले सहिदको सपना र वर्तमान उपलब्धीको विषयमा सहभागिहरुलाई अवगत गराएका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी