• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

हाल समाजवादी मोर्चासँग सहकार्य गर्न असम्भव: उपेन्द्र यादव

img

न्युज 1नेपाल संवाददाता
माघ५ गते, लहान।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले समाजवादी मोर्चासँग सहकार्यको कुनै सम्भावना नरहेको बताएका छन् ।
बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्ण पश्चात पत्रकारहरु सँग कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन् ।
उनले‘ अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास नरहेको,’ भनेका छन् ।
समाजवादी मोर्चा पुनः सक्रिय बनाउन लागे पनि हाम्रो पार्टीले तत्काल सहभागी हुने सोचमा नरहेको’ उनको भनाइ छ ।
अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि महत्वपूर्ण भूमिका रहेको’ जिकिर गरे ।
पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् । वीगत ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

हाल उपेन्द्र यादव भने मोर्चा बाट दुरी बनाएका छन् । मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए ।

नेपालले यादवसँग छलफल अघि बढाए पनि सकारात्मक परिणाम आउन सकेको छैन ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी