• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा सहिद दिवसको अवसरमा जसपा नेपालद्वारा विभिन्न कार्यक्रम सम्पन्न

img

भूपदेव माली
माघ ५ गते , सप्तरी।
जसपा नेपाल सप्तरीले बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गर्दै जिल्लाको विभिन्न स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। सप्तरीको हनुमान नगर कंकालिनी नपा अन्तर्गत शहीद राजिव चौक भारदह स्थित शहीद राजिव प्रतिमास्थलमा द्वीप प्रज्वलन गरी एवं राजविराजमा जसपा नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सहिदहरूको तस्वीरमा फुलमाला अर्पण एवं सहिद परिवारलाई सम्मान गरेका छन् । राजबिराजको कार्यक्रममा वीर सहिद पिताम्बर मण्डलकी धर्मपत्नी सोमनी देवी मण्डल र वीर सहिद राजीव राउतकी धर्मपत्नी नीलम राउत लाईसम्मान गरे।
सो कार्यक्रममा जसपा नेपालको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, केन्द्रीय सदस्यहरू विकास तिवारी, शैलेश चौधरी, गीता यादव, अमरनाथ मण्डल, अशोक यादव, र रमिला साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
यसरीनै प्रदेश कार्यकारिणी सदस्य मो. युसुफ अली, प्रदेश सदस्यहरू किशोरकुमार यादव केसी, विनोद यादव, अमृत साफी, जिल्ला उपाध्यक्ष हरेराम यादव, जिल्ला उपसचिव शम्भु कुमार यादव र सप्तरी संगठन विभाग प्रमुख श्याम कुमार यादव रहेका थिए

वक्ताहरूले वीर सहिदहरूको बलिदानले नेपाली समाजमा समानता, न्याय, र लोकतन्त्र स्थापनाका लागि मार्ग प्रशस्त गरेको भन्दै सहिदहरूले देखाएको त्याग र समर्पणबाट प्रेरणा लिनुपर्ने कुरामा जोड दिएका थिए।

यसरी नै भारदहमा नगर अध्यक्ष कृशकुमार यादवको नेतृत्वमा सहित राजिव राउतको प्रतिमास्थलमा माल्यार्पण एवं मम्बत्ती प्रजनन कार्यक्रममा जसपा नेपालका सप्तरी जिल्ला कमिटीका सचिव निलेश कुमार झा, नगर उपाध्यक्ष जितेन्द्र खड्का, केन्द्रीय अनुशासन आयोगका जगदेव यादव, नेता श्यामदेव यादव लगायत सैकडौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
सम्पन्न कार्यक्रममा बलिदानी दिवसको यस विशेष अवसरले सहिदहरूको योगदानलाई सम्झने र शहिदहरूप्रति सम्मान गर्दै जसपा नेपालले सहिद परिवारप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्दै समाजमा न्याय र समानताको लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी