माघ ०६ गते , सप्तरी।
अत्यधिक चिसो बढेपछि सप्तरीको विष्णुपुर गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरू, चिसो हावा सँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै विष्णुपुर गाउँपालिकाले आफ्नो पालिका अन्तर्गतका विद्यालयहरूमा सोमबारदेखि पाँच दिनका लागि जाडो बिदाको घोषणा गरिएको हो।
गाउँपालिकाले गाउँपालिकाको शैक्षिक पात्रोमा तोकिएको ५० दिनको बिदाबाट कट्टा हुने गरी माघ ७ गते सोमबार देखि माघ ११ गते शुक्रबारसम्मका लागि विष्णुपुर गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको विष्णुपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले आइतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अब गाउँपालिकाका विद्यालयहरू आउने माघ ११ गते शुक्रबारदेखि नियमित सञ्चालनमा आउने उनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सप्तरी सहित तराई–मधेसमा माघ १ गते देखि फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएकोले विद्यार्थीलाई विद्यालय जान – आउन समस्या हुने हुनाले पालिकाले सो निर्णय लिएका छन्।
हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती खेप्नुपरेको संगै टाढा पर्ने विद्यार्थीलाई विद्यालय पुग्न सास्ती भोग्नु नपरोस उद्देश्यले विदा दिएको जनाएको छ ।