• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पत्रकार बैद्यनाथ यादवलाई सप्तरीका प्रहरीले नियन्त्रणमा लिए

img

न्युज 1नेपाल संवाददाता
माघ ०९ गते, सप्तरी।
सप्तरीका चर्चित पत्रकार एवं नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ।

यादवलाई प्रहरीले बुधबार विहानै पक्राउ गरी नियन्त्रणमा लिएको हो। यादवले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर विभिन्न षड्यन्त्रमा पारेर पक्राउ गरिएको जनाएका छन्।
पक्राउ भए लगतै उनले फेसवुकमा लेखेका छन्–‘ जनमत पार्टी अध्यक्ष सिके राउत र मुख्यमन्त्री सतिश सिंह ज्युलाई बधाई तथा धन्यवाद। मलाई सप्तरी प्रहरीले नियन्त्रण लियो।’ अर्थात् जनमतका अध्यक्ष डाक्टर सीके राउतले पूर्वाग्रही नियतले पक्राउ गर्न लगाएको संकेत गरेको छ।

पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नि सोधी सिन्धु रानीको सम्वन्ध विच्छेदको प्रकरणमा सोनीलाई सहयोग गर्दै आएका थिए। सोनीले यो कुरा फेसवुक मार्फत सार्वजनिक गरेकी थिईन। सोही प्रकरणमा षडयन्त्र पूर्व आफुलाई पक्राउ गरिएको यादवको आरोप छ।
तिलाठी कोइलाडी गाउँपालिका भवनगामाको ‘पैसा दोबर गरिदिने भन्दै पैसा ठगी गर्ने हनुमानी भन्ने रामबहादुर रजकको मुद्दा’ प्रकरणमा पत्रकार यादव पनि संलग्न रहेको पिडितहरुले प्रहरी एवं विभिन्न मिडियाहरूमा उजुरी गर्दै आएको र साताअघि जनमत पार्टीका प्रदेश सांसदले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउनु पर्ने अभिब्यक्ति दिएका थिए। त्यस लगत्तै यादव पक्राउ परेका हुन।सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले यादव विरुद्ध ठगीसम्वन्धी जाहेरी परेकाले अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताएका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी