भूपदेव माली
माघ ९ गते काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँका कबाड व्यवसायीहरूलाई आतंकित गर्ने अनुचित हो ,उनलाई स्वतन्त्र रुपमा व्यापार गर्न दिनु पर्ने भन्दै जनता समाजवादी पार्टीले नेपालले विज्ञप्ति जारी गरिएको छ।
काठमाडौँमा कवाड व्यवसाय गर्दै आएका सैकडौ मधेसी मूलका व्यवसायीहरूलाई काठमाडौँ महानगरपालिकाले कुटपिट, गालीगलोज ,दमन उत्पीडन र अभद्र व्यवहार गरी कावाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पुर्वाग्रही ,गलत र निन्दनीय कार्य भएको ठहर गर्दै जसपा नेपालले यस्ता कार्यको बुधबार एक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो।
नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौँ महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसायी सञ्चालन गर्दै आएका र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरू समेत दिँदै १ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत पाएको अवस्था र देशमा सञ्चालित उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउने कार्य गर्दै आएकोले कवाड व्यवसायीहरूको सुरक्षाको साथै स्वतन्त्र रूपले आआफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन जनता समाजवादी पार्टी नेपाल सरकारसँग जोडदार माग गरिएको विज्ञप्तिमा उल्लेख छ।