न्युज 1नेपाल संवाददाता
माघ १० गते, सप्तरी।
सप्तरीको राजविराज नगरपालिका – १ स्थित पडरीया टाेलमा पाँच अज्ञात व्यक्तिद्वारा दिनदेखि निरन्तर आगो लगाउने गरेको छ।
गत माघ ५ गतेदेखि अज्ञात ब्यक्ति द्वारा गोठ तथा परालको कुन्युमा निरन्तर आगो लगाउन थालिएको हो। स्थानीयबासी त्रसित भएका हुन् ।
दिनहुँ राति अज्ञात समुहले गाेठ,परालको कुन्युम निरन्तर आगाे लगाउँदै आएको स्थानीयले बताउंछन् । आगाे लगाउने घटनावाट गाउँ नै चिन्तित वनेकाे उनीहरु बताउछन् ।
स्थानीय पितम्बर झाको अनुसार आफ्नो एक गाेठ, ३२ वटा परालकाे मुठोमा आगाे लगाएर खरानी परेको बताए।
निरन्तर आगोको घटनाले गाउने त्रसित भएको स्थानीय ललित नारायण झाले बताए । यसैगरी स्थानीय वसन्त झा,कृपानन्द झा,रामेश्वर ठाकुर र सियाराम चाैधरीकाे एक/एक गरि जम्मा ६ वटा परालकाे कुन्युमा आगाे लगाएर नष्ट गरेका छन् ।
स्थानीय महाकवि देवकोटा आधारभूत विद्यालय चनाैरा पडरीयाका प्रधानाध्यापक विक्रम झाले राजदेवी चाैकमा रहेकाे प्रहरी विटमा जानकारी गराए पनि प्रहरीकाे गस्ती बढाउँदा पनि दिनँहु राति अज्ञात व्यक्ति फेला नपरेको र आगाे लगाउँदै आएको बताए ।
आगलागीको घटनाले स्थानीय वासी र प्रहरी समेत हैरान हुँदा समेत संलग्न व्यक्ति पक्राउ पर्न नसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएर निगरानी बढाउँदा पनि आगलागीको घटना नरोकिएको प्रधानाध्यापक झाले जानकारी दिए ।