भूपदेव माली
माघ १० गते, सप्तरी।
सप्तरीमा गजेन्द्र नारायण सिंहको२४ औं स्मृति दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू गरी दिवस मनाएका छन्।
राजनेता स्वर्गीय गजेन्द्र नारायण सिंहको शालिकमा पुष्पमाला अर्पण एवं उहाँको विचारहरूलाई मार्गदर्शनलाई प्रेरणाको रूपमा आत्मसाथ गर्दै कार्यक्रमहरू गरिएका हुन्।
सप्तरीको राजबिराज स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा राष्ट्रिय मुक्ति पार्टी सप्तरीको आयोजनामा ‘गजेन्द्र बाबुको चिन्तन और मधेशकी भावी कार्यदिशा’ शीर्षक राखी कार्यक्रम सम्पन्न गरिएका छन्।
सम्पन्न कार्यक्रममा ,संघीयता ,समावेशिता, पहिचान र मधेस आन्दोलनका मार्गदर्शक, लोकतान्त्रिक आन्दोलनका धरोहर लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं मधेशवादका प्रनेता एवं युगपुरुष स्वर्गीय गजेन्द्र नारायण सिंह प्रति यस २४ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम मनाएका हुन्।
उहाँको योगदानले नेपालमा संघीयताको स्थापनासँगै मधेसी जनताको पहिचान, अधिकार र स्वाभिमानको यात्रालाई एउटा नयाँ दिशा दिएकोले गजेन्द्र नारायण सिंहको आदर्श र दृष्टिकोण आज पनि संघीयता, समानता र न्यायका लागि प्रेरणा बनेर रहँदै आएको र उहाँको आदर्शलाई जीवन्त राख्दै उहाँको मार्गदर्शनलाई आत्मसात गरी समानता, समावेशिता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता सहितका कार्यक्रम सम्पन्न गरेका छन्।