• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

काङ्ग्रेस- कम्युनिस्ट सरकार विरुद्ध विदेशी शक्तिहरू लागिपरेको: नेता मैनाली

img

न्युज 1नेपाल संवाददाता
माघ १२ गते, काठमाडौँ।
कांग्रेस-एमालेको सत्ता समिकरण सरकार विरुद्ध विदेशी शक्ति लागिएको नेकपा मालेका महासचिव सीपी मैनालीले आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार रहिरहने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागिपरेका बताएका हुन्।
उनले अहिलेको सरकारलाई मन नपराएर काङ्ग्रेस र एमालेको समीकरण भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको दाबी गरे । उनले बाह्य शक्ति, अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलिरहे भने त सरकार नढल्ला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर प्रयास गरिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याखे लगाइरहेका छन् । त्यसले गर्दा यति सङ्ख्याले बहुमत नै भए पनि सरकार ढल्न कुनै ग्यारेन्टी नभएको बताए । किनभने बाह्य शक्ति अहिले हाबी छ । बाह्य शक्तिहरूसँगको हाम्रो अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो ।’
महासचिव मैनालीले ‘देशका सबै कम्युनिस्टहरू बसेर आफूले गरेका कमी, कमजोरीहरूबारे छलफल गर्न आवश्यक भएको’ जिकिर गरे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी