• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मन्त्री राजकुमार लेखी आफ्नो क्षेत्रको जनगुनासो सुन्न व्यस्त

img

न्युज 1नेपाल संवाददाता
माघ १२ गते, सप्तरी।
मधेस प्रदेशका गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी जनता बिच निरन्तर रहँदै उनका समस्याहरू बुझ्दै गरेकाछन् ।
सनिवार नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मन्त्री लेखीले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क)का जनता विच पुगेर जनताको समस्या बुझ्न अन्तरक्रिया गरेका हुन् ।

जनगुनासो सुन्न शनिबार सप्तकोशीको गङ्गाजलीमा एक कार्यक्रम आयोजन गरी अन्तरक्रिया सम्पन्न गरेका छन्।
मन्त्री लेखीले आफू निर्वाचित भए देखि नै विभिन्न माध्यम तथा जनता,नेताकार्यकर्ताहरुलाई भेटी आफ्नो कार्य सम्पादन , कार्यशैलीको बारेमा जनताहरुको अमुल्य सल्लाह,सुझाव तथा गुनासो लिदै आएको बताए ।
भेटमा मन्त्री लेखीले जनगुनासो तथा जनता नेताकार्यकर्ताहरुको महत्त्वपूर्ण तथा अर्थपूर्ण सल्लाह ,सुझाव संकलन गरि आफुमा भएको कमि कमजोरी सच्याउदै अगामी दिनहरुमा अझ इमानदारी, मेहनत तथा लगनशीलताका साथ जनचाहना अनुरुप कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सप्तकोशी नगरपालिका वडा नम्बर ५ गङ्गाजली स्थित रहेको खेलमैदानमा सम्पन्न अन्तरक्रियामा कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा अग्निसाईर कृष्णा सवरण गाउँपालिकाका दर्जनौं सर्वसाधारण जनता, पार्टीका नेता एबं कार्यकर्ताहरुले आ- आफ्ना गुनासो तथा सल्लाह सुझाव राखेका थिए ।
कार्यक्रममा नेकपा एमालेको मधेस प्रदेश सदस्य समेत रहनु भएको कञ्चनरुप नगरपालिकाको पुर्व मेयर वसन्त कुमार मिश्र, सप्तकोशी नगरपालिकाको मेयर कृष्णप्रसाद ढकाल, नेकपा एमाले पार्टी जिल्ला कमिटी सदस्यहरु, तीन वटै पालिकाका कमिटीका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी