• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

सप्तरीको भारदहमा भारतको गणतन्त्र दिवस मनाए

कार्यक्रममा सहभागी अभियंताहरु

img

भुपदेव माली,
माघ १३ गते,सप्तरी। भारदहको कोशी प्रोजेक्ट कोलोनीमा भारतको गणतन्त्र दिवश कार्यक्रम सम्पन्न भएको छ।
भारतको ७६ औं गणतन्त्र दिवशको अबसरमा नेपाल र भारतको राष्ट्रगान गाउदैं झण्डोत्तोलन गरि दीवश मनाएका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा अवस्थित कोशी प्रोजेक्ट कोलोनी भारत सरकारका कोशी नदी नियन्त्रणका एवं कोशी ब्यारेज निर्माणका उद्देश्यले स्थापना भएको बेला देखि अहिलेसम्म कार्यरत कर्मचारी एवं अधिकारी द्वारा हरेक २६ जनवरी गणतन्त्र दिवश र १५ अगस्त स्वतन्त्रता दिवस अवसरमा दुवै देशका झन्डा उत्सव मनाउने परम्परा रहिआएको छ।
आजको झण्डातोलन कार्यक्रममा कोशी ब्यारेज प्रमण्डलका अभियन्ता,कार्यपालक अभियन्ता, इन्जिनियर, कर्मचारी एवं नेपाल तर्फबाट सशस्त्र प्रहरी बेस कैम्प भारदहका टोली, इलाका प्रहरी कार्यालय भारदहका प्र स नि दिलिप खड्का नेतृत्वको टोली एवं स्थानीय भर भलादमीहरू, बुद्धिजीवीहरू सहितको उपस्थिति रहेको थियो।
कार्यक्रम भारदहस्थित आइबी भवनमा सम्पन्न भएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी