• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

कोशी ब्यारेजमा सरस्वती मूर्ति सेलाउनेहरूको व्यापक भीड

img

भूपदेव माली
माघ २२ गते, सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित
कोशी ब्यारेजमा सरस्वती मूर्ति सेलाउनेहरूको व्यापक भिड रहेको छ।
मङ्गलबार सुनसरी, सप्तरी सिराहा र मोरङ जिल्लासम्मका विभिन्न विद्यालयमा आयोजित सरस्वती पूजाको मूर्तिहरू सेलाउनेहरूले कोशी ब्यारिजमा मूर्ति सेलाउन आउनाले भिड भएका हुन्।

हिजो विभिन्न वि
द्यालय तथा कलेजहरूमा विधिवत रुपमा विद्याका देवी माता सरस्वतीको मूर्ति स्थापना गरी पूजा अर्चना गरी आज मूर्ति सेलाएर विसर्जन गर्ने परम्परा रहिआएको हुँदा वेद वर्णित कोशी नदी मा मूर्ति विसर्जन गर्न अत्यधिक लाभदायी हुने अभिप्रायका साथ विभिन्न स्थानबाट सवारी साधनमा मूर्ति बोकी कोशी ब्यारेज पुगेका छन्।
एउटा मूर्ति सेलाउने क्रममा दुई देखि चार पाँचवटा सवारी साधन प्रयोग गर्ने गर्नाले कोशी ब्यारेजको संकीर्ण बाटोहरुमा व्यापक भीड भएका कारण सडकहरु पनि अवरोध भएका थिए।
कोशी ब्यारेजमा तैनाथ इलाका प्रहरी कार्यालय भारदहका जवानहरू एवं ट्राफिक प्रहरीहरूले आफ्नो कर्तव्य इमान्दारी साथ गर्दै गरेकोले कुनै अप्रिय घटना हुन सकेको छैन

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी