• img
  • img
img img img

img

आजभोलि कुनै पनि आयोजित धार्मिक अनुष्ठानहरूमा डिजे बाजाको माध्यमबाट अश्लिल गीतहरू बजाएर छाडा नृत्य गर्ने चलन व्यापक भएको छ। यद्यपि
कुनै पनि धार्मिक अनुष्ठानको आयोजनमा रमाइलो गर्ने क्रममा अश्लिल वा छाडा गीत बजाएर छाडा नृत्यहरू गर्नु आफ्नो संस्कृति र परम्परालाई विकृत पार्नु हो। भर्खरै विद्याकी देवी सरस्वती माताको पूजा अनुष्ठान सम्पन्न भएको छ। खासगरी मधेसका प्रत्येक विद्यालय र क्याम्पसहरूमा श्रीपञ्चमीका दिन सरस्वती पूजा अनुष्ठान बडो धुमधामका साथ सम्पन्न भएको छ। यस धार्मिक आयोजनाहरूमा पनि अधिकांश विद्यालयहरूमा भोजपुरी का अश्लिल गीतहरूमा छात्र – छात्राहरुले छाडा नृत्यहरू प्रदर्शन गरेका थिए।पूजाको भोलिपल्ट विसर्जन गर्ने क्रममा माटोद्वारा निर्मित मूर्तिलाई नदी वा तालहरूमा सेलाउने परम्परा रहेकोले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारहदा स्थित कोशी ब्यारेजमा हजारौंको सङ्ख्यामा मूर्ति सेलाउनेहरु आउने गरेका हुन्छन्। जसमा अधिकांश मुर्ति सेलाउने सवारी साधनहरुमा ठूलो स्वरमा डिजे बाजा बजाएर अश्लिल गीतहरु र अश्लिल किसिमका नृत्य प्रदर्शन गरिरहेका थिए।
एकातिर विद्याको देवी सरस्वती मातालाई पूजाको रूपमा हेर्ने भावना कम रहेको र अर्कोतर्फ त्यो धार्मिक अनुष्ठानमा अश्लिल गीत र अश्लिल किसिमका नृत्यहरू प्रदर्शन गर्ने कृयाकलाप अनुचित होइन र? नयाँ पुस्ताका युवा युवतीहरूले आध्यात्मिकता भन्दा पनि अश्लिलता प्रति बढी केन्द्रित हुनु मर्यादित आचरण विपरीत होइन र? त्यसैले विद्यालय एवं क्याम्पसमा पढाउने शिक्षक एवं प्राध्यापक ज्यूहरूले बालबालिकालाई मर्यादित आचरणको पाठ पढाउनका लागि आध्यात्मिकताको ज्ञान दिनुपर्ने आवश्यक भएको छ। यसतर्फ सम्बन्धित निकायले ध्यान मात्र नदिई बालबालिकाहरूलाई अध्यात्मप्रति उत्साहित गर्दै मर्यादाको आचरणमा उतारिनु पर्ने देखिन्छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी