न्युज 1नेपाल संवाददाता
माघ २३ गते, सप्तरी।
आफ्नै दाजुको हत्या गरि फरार रहेका सप्तरीको महादेवा गाउँ पालिका वडा नम्बर २ बस्ने एक जनालाई सप्तरीका प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै दाजु गणेशी रजकको हत्या गरी फरार ५५ बर्षिय उमेश रजक २० बर्षपछी मंगलबार पक्राउ परेको हो।
२०६१ सालमा दाजुभाइ वीच पारिवारिक कुटपिट झै-झगडाको क्रममा दाजु गणेशी सिकिस्त भएपछि अस्पतालमा उपचारकाको क्रममा मृत्यु भएको हुँदा ऊनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । ज्यान मुद्दा वारदात पछि फरार उमेशलाई सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइ जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अदालतबाट म्याद लिई उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।