न्युज 1 नेपाल संवाददाता
फागुन २ गते, सप्तरी।
सप्तरीमा बैकिङ्ग कसुरसहित विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु लाई प्रहरीले पक्राउ गरेका छन् ।
बैकिङ्ग कसुरमा कैद र जरिवाना तोकिएका राजविराज नगरपालिका १३ का ३३ बर्षिय रमेश प्रसाद साहसहित विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैकिङ्ग कसुर मुद्दामा सप्तरी पक्राउ परेका जिल्ला अदालतले दोषी ठहर गरि साहलाई एक लाख २५ हजार जरिवाना तथा १ दिन कैद सजाय तोकेका थियो ।
यसरी नै सवारी अंगभंग मुद्दाका फरार प्रतिवादी सिरहा लक्ष्मीपुर पातारी गाउँपालिका वडा नं.४ का बर्ष ५० का विश्व राय आम पक्राउ परेका छन् । २०८० फागुन १८ गते अग्नीसाईर कृष्णासवरन २ भुर्कीका बर्ष २६ का रुपेश चौधरीले चलाएको मोटरसाइकललाई ठक्कर दिई उनी फरार रहेका थिए ।
रायले चलाएको ना ५ ख ३९४६ नम्बरको बसले चौधरी सवार स ९ प ४१८० नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ६ स्थित श्रीपुरमा ठक्कर दिदा दुर्घटना भएको थियो । बसको ठक्करबाट चौधरी दाहिने खुट्टा भाँची सख्त घाइते भएका थिए । उनको खुट्टामा स्टिल लगाएर उपचार भइरहेको छ ।
यसैगरी कुटपिट लुटपिट मुद्दामा जनही ४ सय ५५ रुपैया जरीवाना तोकिएका शम्भुनाथ नगरपालिका ३ का अबध लाल चौधरी, ध्रुव नारायण चौधरी, केसअ मुद्दामा जनही ५ सय जरिवाना तोकिएका राजविराज ६ का मो.छोटु भन्ने ईन्तियाज मियाँ, अन्बारुल मियाँ पक्राउ परेका छन् ।
उनीहरुलाई शुक्रबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरी म्याद लिई थप अनुसन्धान तथा सजाय भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।