• img
  • img
img img img
Categories
Uncategorized राष्ट्रीय समाचार

एमाले सरकारले ल्याएको भूमिहीन सम्बन्धी अध्यादेशको विरोद्ध गर्नु भनेको सम्पूर्ण भूमिहीनको विरोध गर्नु हो: ज्ञावली

नेता प्रदिप ज्ञावली

img

पत्रकार सम्मेलनमा बोल्दै नेता प्रदिप ज्ञावाली

भूपदेव माली
फागुन ३, सप्तरी।
एमाले सरकारले भूमिहिनहरूको लागि जग्गा उपलब्ध गराउने ल्याएको अध्यादेशको विरोध गर्नु भनेको सरकारको विरोध नभई लाखौं भूमिहीन जनताहरूको विरोध गर्नु हो नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष प्रदीप ज्ञवालीले बताउनुभएको छ।
शनिबार प्रेस चौतारी नेपाल सप्तरीद्वारा राजविराजको मदननगर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बताउनुभएको हो।
उनले नेपालमा ४ लाख भूमिनहरूलाई जग्गा उपलब्ध गर्न एमाले सरकारबाट पारित भूमिहीन विधेयकको विरोधमा केही बिचौलिया एवं केही राजनीतिक दलहरूका नेताहरुले विरोध गर्नु एमाले सरकारको विरोध नभई जनताको अधिकारको विरोध गर्नु हो र यसरी यसरी नै अर्को अध्यादेश सोसल मिडिया लाई नियमन गर्न अराजकतालाई अन्त गर्न फेक आइडीहरू बनाएर खेलवाड गर्नेहरुलाई नियमन गर्नका लागि ल्याएको अध्यादेशको विरोध गर्नु भनेको नेपाली जनताको शान्ति भङ्ग गर्नु न्यायचित नभएको’ भन्दै ‘केही दलका नेताहरूले भूमिहीनहरूलाई यथास्थितिमा राख्न कुचेष्टा गरिरहेका छन्, उनीहरूका सपना सफल हुने होइन, विधेयक पास हुन्छ नै’ सोही क्रममा उनले भने- ‘हाम्रो पार्टी भूमिहीन जनतालाई घडेरी उपलब्ध गराउने मात्र नभई यस अघि पनि गरिब दलितहरुलाई आवासको व्यवस्था का कार्यहरू गर्दै आएको र गरिरहेको’ गर भएको छ, जस अन्तर्गत स्वतन्त्र पार्टीका अध्यक्ष समेत परेको छ।’ बताउनुभयो।
नेकपा एमालेले सरकारलाई चलाउन मात्र जानेको होइन, देशलाई बनाउन जानेको छ, देश बनाउने भिजन छ। तर प्रचण्डले स्वार्थ पूर्तिका लागि सरकारमा आउने गरेको छ। उहाँसँग देश बनाउन कुनै भिजन नै छैन, उहाँ स्वार्थपूर्तिका लागि बहुमतको सरकारलाई तोडेर संसद भङ्ग गरेका कुरा विदितै छ, अब त्यसो हुन सक्दैन।’ बताउँदै ‘ अब हामीले नेपाली जनतालाई थाई (अस्थिर) सरकार दिनेछौं, बताउनुभयो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी