• img
  • img
img img img
Categories
Uncategorized प्रदेश समाचार समाचार

राजविराजमा नेकपा एमाले सप्तरीद्वारा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

img

मंचासीन प्रदिप ग्यावली सहित नेतागण

भूपदेव माली
फागुन ३ गते, सप्तरी।
सप्तरीमा नेकपा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्लास्तरीय वडा केन्द्रित तीन महिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। एमालेका सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा प्रमुख प्रशिक्षकको रुपमा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवली एवं प्रशिक्षक माधव ढुंगेलको सहजिकरणमा राजबिराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा एमालेका स्थायी समिति सदस्य लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेस प्रदेश अध्यक्ष सन्देशश्वर मण्डल , केन्द्रीय सदस्य एवं मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी लगायत सेकडौं नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सम्पन्न कार्यक्रममा प्रशिक्षक ढुङ्गेलले सांगठनिक गतिविधि र संगठनलाई कसरी सुदृढीकरण गर्ने ? विषयमा व्यापक विश्लेषण गरेका थिए भने प्रमुख वक्ताको रुपमा रहेका प्रमुख वक्ता ज्ञावलीले पार्टीको भावी नीति तथा कार्यक्रम र सरकारका गतिविधिका बारेमा बृहद विश्लेषण गरेका थिए।
नेकपा एमालेको प्रशिक्षण अभियान प्रदेश, जिल्ला र प्रत्येक पालिकाको वडाहरूमा समेत गरिने जनाइएको छ। निर्धारित तीन महिने यो अभियानको एक महिना बितिसक्यो र दुई महिना अझै बाँकी रहेको आयोजक समितिले जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी