न्युज 1नेपाल संवाददाता
फागुन ०६ गते, सप्तरी।
भारतको उडिसा प्रदेशमा अध्यानरत विद्यार्थीमाथि क्याम्पस प्रशासनले गरिएको दमनको समाजवादी विद्यार्थी युनियन सप्तरीले निन्दा गरेका छन् । जिल्ला अध्यक्ष श्याम कुमार यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी माथिको दमनको घोर निन्दा गर्दै सो घटनाको भर्त्सना गरेका हुन् ।
कलिंङ ईन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजीमा अध्यानरत नेपाली विद्यार्थी प्रकृति लम्साल छात्राबासमा मृत अवस्थामा भेटिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न माग राखी नेपाली विद्यार्थीहरुले गरेको आन्दोलनप्रति क्याम्पस प्रशासनले लिएको दमनकारी नीति तथा क्याम्पसबाट बाहिरिने जस्ता कार्यको घोर निन्दा र भर्त्सना गर्दै विज्ञप्तिमा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा आफ्नो देशबाट अन्य देशमा गई अध्ययन गरिरहेका छात्रा मृत भेटिएको घटना बारे निष्पक्ष छानवीन गरि विद्यार्थीहरुको सुरक्षा लागि कुटनीतिक पहल गरि न्याय दिलाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।