भुपदेव माली
फागुन १८ गते
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष वडा कार्यालय हाजिर नहुँदा स्थानिय जनताकाे काममा बाधा परेका छन् । कार्यालय सचिव सरूवा बिषयलाई लिएर वडाध्यक्ष सुरेन्द्र प्रसाद मण्डलले कार्यालय छाडेपछि स्थानिय जनताकाे काममा बाधा परेकाे हाे । सचिव सरूवाकाे बिषयलाई लिएर, रीसले वडाध्यक्ष मण्डल वडा कार्यालय जान छाडेकाे डेढ महिना बितिसकेकाे छ ।
उनकाे ठाउँमा वडा सदस्य उमेश मण्डलले १ महिना निमित्त चलाएर वडा कार्यालयकाे कामकाज सम्हालेकाे थियाे तर उनकाे ४ दिन अगाडी म्याद सकिएपछि कामकाज ठप्प भएकाे पिडितहरूकाे गुनासाे छ ।वडाबाट स्थानिय जनताकाे दिनहुँ हुने कामकाजमा बाधा पर्दै आएपनी यस सम्बन्धमा वडाध्यक्ष मण्डलले कुनै चासाे देखाएकाे छैन ।
वडाध्यक्ष मण्डलले सचिवकाे सरुवा बिषयलाई लिएर नगरपालिकालाई दङ्ग्याउने हिसाबले वडा कार्यालयमा हाजिर नहुँदा स्थानिय जनताकाे कामकाज राेकिएकाे स्थानिय ध्रुव नारायण मण्डलले गुनासाे गरे । उनले भने, कर्मचारी सरूवा, बढुवा लगायत प्रशासनिक कार्यकाे बिषयलाई लिएर जनप्रतिनिधि ब्यक्तित्वले जनताकाे कामलाई बाधा पार्नु सभ्य मानिदैन । यता वडाध्यक्ष मण्डलसंग बुझ्दा कर्मचारी सरूवा बेमाैसम हिसाबले नगरपालिकाले गरेकाेले याे कार्यप्रति आफ्नो चित्त नबुझेकाेले वडा कार्यालय नगएकाे बताए । सचिव अरूण यादवलाई के कति कारणले अन्त्य सरूवा गराइयाे र महेन्द्र मुखियालाई यहाँ पठाइयाे याे मेराे चित्त दु:खाइ हाे वडाध्यक्ष मण्डलले थपे ।