भूपदेव माली
राजविराज ,१० चैत
सप्तरीको लक्ष्मी ,वल्लभ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा आइतबार एसइई परीक्षा सहभागी एक छात्रा अचेतभएर ढलेकी छिन् । तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ स्थित केन्द्र भएको सो विद्यालयमा महावीर माध्यमिक विद्यालय हनुमाननगरकी पूजा कुमारी साह परिक्षा दिइरहेको अवस्थामा अचेत भएर ढलेकी हुन् ।
एसइई परीक्षाकाे तेस्रो दिन गणित विषयकाे परीक्षा हुनसाथ वेहाेस भएकाे परीक्षा केन्द्रका केन्द्राध्यक्ष विपिन झाले बताउनुभयो। विहान परीक्षामा अलि ढिलाे आउनुका कारण डरले उनी वेहाेस भएकाे केन्द्राध्यक्ष झाले बताए ।
‘परीक्षार्थ वेहाेस भएपछि उसलाई स्टाफ रुममा लगेर अराम गर्न लगाए, औषधी उपचारका लागि परीक्षार्थीलाई उनकाे आफन्तकोसाथ हनुमाननगर पठायौं, उनले भने, ‘साहको ठाउँमा एक जना वैकल्पिक विद्यार्थीलाई परीक्षामा सहभागी गराएँ ।’यस परीक्षा केन्द्रमा पाँच वटा विद्यालयहरुकाे सेन्टर रहेकाे छ । माध्यमिक विद्यालय ताेपा,शंकर पव्लिक एकेडेमी माध्यमिक विद्यालय ताेपा,मावि रमपुरा,राेयल सेकेन्डरी स्कुल भारदह र महावीर माध्यमिक विद्यालय हनुमाननगर गरि जम्मा पाँचवटा विद्यालयहरुकाे परीक्षा केन्द्र रहेका छन् ।
केन्द्राध्यक्ष झाको अनुसार परीक्षार्थीहरुकाे संख्या जम्मा २ सय ८० जना रहेकाे छ । ६ वटा कोठामा परीक्षा लिइ राखेको तथा १६ जना गार्ड (निरीक्षक) रहेकाे र ५ जना कार्यालय सहयाेगी रहेका छन्