• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेकपा एमालेद्वारा सप्तरीको भारद बजारमा भव्य जुलुस प्रदर्शन

एमाले का कार्यकर्ताहरु द्वारा कोणसभा

img

भूपदेव माली
चैत्र  ११ गते, सप्तरी।                                                                           नेपाल कम्युनिस्ट पार्टी एमालेद्वारा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजारमा भब्य जुलुस प्रर्दशन गरिएको छ।
सोमबार बेलुकी हनुमाननगर कंकालनी नगर कमिटी र तिरहुत गाउँपालिका गाउँ कमिटीको संयुक्त आयोजनामा नेकपा एमालेले संघिय लोकतान्त्रीक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनचेतना अभियान तहत ‘गणतन्त्र – जिन्दाबाद नेकपा एमाले – जिन्दाबाद! प्रतिगामी शक्ति – होशियार” नारा लगाउँदै जुलुस प्रर्दशन गएको हो।
नगरको वडा नं ३पोर्ताहा स्थित एमालेको वडा कार्यालय बाट निस्केको जुलुस भारदह बाजार हुदै कंकालिनी भगवती मन्दिर परिक्रमा गर्दै पुन: भारदह बाजार स्थित शहिद राजिव चोकमा कोणसभा सम्पन्न गरिएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सरिता गिरी यादव, जिल्ला सदस्य सोभितलाल यादव,तिरहुत गापाका अध्यक्ष दिनेश भदेसवार यादव,राजदेव यादव,ह.कं. नपा.को नगर कमिटी अध्यक्ष आकाश यादव, वडा नम्बर १ का वडा कमिटि अध्यक्ष राजिव पैकरा, सचिव शैलेन्द्र कुमार देव, प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा(बुधन झा) लगायत तिन सय भन्दा बढि नेता एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कोणसभामा एमालेकी केन्द्रीय सदस्य सरिता गिरी यादवले -‘हजारौ शहिदहरुको वलिदान बाट प्राप्त गणतन्त्रलाई कुनै प्रतिगामी शक्तिले खोसेर पूणर्स्थापित हुने सपना देख्नेहरू नदेखेपनि हुन्छ’ भन्दै ‘गणतन्त्रले नेपाली जनतालाई विकास,सुसाशन, स्वतन्त्रता एवं न्याय प्रदान गरिएको हुँदा यसलाई निरन्तरता दिन नेकपा एमालेका नेता – कार्यकर्ताहरू सचेत रहन’ आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा,तिरहुत गापा कमिटी अध्यक्ष दिनेश भदेसवार यादव,हो.कं.नपाका नगर कमिटी अध्यक्ष आकाश यादव, जिल्ला सदस्य शोभित लाल यादव लगायतले बोलेका थिए।
कार्यक्रम हनुमाननगर कंकालिनी नगरपालिका एवं तिरहुत गाँउ पालिकाका कार्यकर्ताहरूको संयुक्त सहभागितामा सम्पन्न भएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी