• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बरहीका अग्नि पीडितलाई धर्मीहल्फा महिला क्लबद्वारा राहत प्रदान

img

भूपदेव माली
चैत्र १२ गते , सप्तरी।
धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा आगलागी पीडित छिन्नमस्ता -१ बरहीको एक परिवारलाई राहत वितरण गरेको छ ।
आगलागिबाट सर्वसम्पत्ति गुमाइसकेका पीडित बैजनाथ खंग खत्वेको परिवारलाई मङ्गलबार आयोजित एक कार्यक्रमका वीच क्लबद्वारा राहत वितरण गरेको हो ।
क्लबद्वारा पीडित परिवारलाई राहत स्वरूप त्रिपाल, झुल,लुगाफाटा, भाडाकुडा म्याट्रेस बाल्टिन, मग लगायतका सामाग्री सहयोग प्रदान गरिएको थियो । संस्थाको तर्फबाट संस्थाका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले पीडित परिवारको घरमै पुगेर राहत सामाग्री प्रदान गरे ।
राहत वितरण कार्यक्रममा स्थानीय समाजसेवी रामधन राय,राम चन्द्र यादव, ओमप्रकाश खंग,सकल देव खंग लगायतका भर भला आदमीहरूको उपस्थिति रहेको थियो ।
स्थानीय जनताको अनुसार २०८१ चैत ०४ गते खंगको घरमाआगलागी हुँदा १३ लाख भन्दाबढी क्षति भएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी