भूपदेव माली
चैत्र १२ गते, सप्तरी।
नेपाल सरकारबाट निरन्तर भईरहेको पदोन्नति र नियुक्ति कुसीत नश्लीय भवनाबाट प्रेरित रहेको तथ्य स्पष्ट भएको जनता प्रगतिशील पार्टी नेपालले बताएका छन् ।
मङ्गलबार पार्टीका केन्द्रीय अध्यक्ष हृदय त्रिपाठीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको पदोन्नति र नियुक्तिको विरोध गरेका हुन् ।
‘स्वास्थ्य सचिवको पदोन्नति, वीर अस्पतालको निर्देशक नियुक्ति हालै विद्युत प्राधिकरणका महानिर्देशकबाट कुलमान घिसिङ्गको पदमुक्त गर्ने,शेयर मार्केट, नेप्से बीमा प्रधिकरणमा भएको नियुक्ति पूर्णतः नश्लिय सोचको परिणाम हो’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तिमा सक्षम व्यक्तिलाई पाखा लगाउँदा व्यवस्था माथिनै खतरा भएको टिप्पणी गरेका छन् ।
‘बिचौलियाहरुको पूर्ण प्रभावमा रहेको वर्तमान सरकार योग्य, क्षमतावान र काबिल व्यक्तिहरुलाई पाखा लगाउने कार्यले प्रणालीमा नकारात्मक असर परिरहेको छ’ विज्ञप्तिमा भनिएको छ, यस कार्यको जनता प्रगतिशील पार्टी नेपाले घोर भर्त्सना गर्दै दुषित निर्णय माथि पुनर्विचार गर्न अनुरोध गर्दछ ।’विज्ञप्तिमा उल्लेख गरिएको छ।