भूपदेव माली
चैत्र १३ गते , सप्तरी।
सप्तरीको खड्क नगरपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको (कृषि मिटर विल) बक्यौता महसुल बुझाएको छ ।यस नगरपालिकाले दोस्रो पटक नेपाल विद्युत् प्राधिकरण बोदेबरसाइन वितरण केन्द्रलाई किसानको कृषि मिटरको बक्यौता महसुल बुझाएको हो ।
पालिकाका इन्जिनियर संयोग विश्वकर्माको अनुसार नगरपालिकामा रहेका किसानले जडान गरिएका सम्पूर्ण सिँचाइ मिटर वापतको १२ लाख रुपैयाँ बक्यौता महसुल नेपाल विद्युत प्राधिकरण शाखालाई चेक मार्फत बुझाएको छ।
यसअघि पनि नगरपालिकाले सिँचाइ मिटरवापतको ७ लाख ३३ हजार ७ सय ५ रुपैयाँ बक्यौता बुझाएको थियो ।
आगामी दिनमा पनि नगरपालिकाले नै सिँचाइ मिटरवापतको बक्यौता भुक्तानी गर्ने नगरउपप्रमुख रिता कुमारी चौधरीले बताइन् । नगरपालिका कृषि क्रान्तिको बाटोतिर अग्रसर हुँदै गएको उनले बताइन् ।
नगरपालिकाले किसानहरूलाई सिंचाइमा सहयोग गर्ने उदेश्यले कृषि मिटरको वक्यौता निशुल्क गरिएको जानकारी उनले दिइन् ।