भूपदेव माली
चैत्र १४ गते , सप्तरी।
जनमत पार्टीका नेताहरुले योजनाको चिठ्ठी बोकेर ब्यापार शुरु गरेको नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री उमेशकुमार यादवले आरोप लगाएका छन् । पूर्वमन्त्री यादवले समाजिक सञ्जालमा बिहिबार स्टाटस लेख्दै जनमत पार्टीका नेताहरुले मधेस प्रदेशको स्वीकृत बजेटको चिट्ठी बोकेर व्यापार शुरु गरेको आरोप लगाएका हुन् ।
‘जनमत पार्टीका नेताहरुले मधेस प्रदेश सरकार मातहतका भौतिक पुर्वाधार कार्यालय लगायतका अन्य कार्यालयहरुमा स्वीकृत योजनाको चिट्ठी नै छैन’ पूर्वमन्त्री यादवले ठोकुवा गर्दै सामाजिक संजालमा लेखेका छन्, ‘जनमत पार्टीको नेताहरुले चिट्ठी बोकेर ब्यापार शुरु गरेका छन् ।’
उनले ‘सरकार बाहिर हुँदा जनमत पार्टीका नेताहरुले कर्मचारीहरुमाथि गरेको अमानवीय व्यवहारको स्मरण गराउँदै ‘जनमत नेतृत्वको सरकारले कुशासनलाई संरक्षण गरेको’ बताएका छन् ।
‘सरकारमा नहुँदाको बखत सप्तरीको भौतिक पुर्वाधार कार्यालय प्रमुखसंग गरिएको दुर्व्यवहार जनताले बिर्सेका छैनन् । कुनै बेला जनकपुरमा एउटा इन्जिनियरलाई गरेको सार्वजनिक बेइज्जती पनि यिनीहरुनलाई स्मरण हुनुपर्छ ‘ जनमत पार्टीका राजनीति चरित्रलाई दर्शाउँदै यादवले लेखेका छन् , ‘ मातहत कार्यालयबाट सम्बन्धित पालिका/ वडामा पठाउनु पर्ने पत्र जनमतका नेताकार्यकर्ताहरुले पुर्याउदा त खुब सुशासनको सुगन्ध आउँछ होला नि ? ।’
‘ठेक्का मार्फत काम गर्ने निर्णय लाई कमिसन उठाउनकै लागि बदलेको ,स्वीकृत कार्यक्रमहरु त्यसमा कतिपय ठेक्का प्रक्रियामा बढिसकेको कतिपय योजनालाई समेत सता गठबन्धन बीचमा कमिसनकै लागि रोकिएको छ।’ पूर्वमन्त्री यादवले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
उनले सरकारको नेतृत्वमा रहेको दलका नेताकार्यकर्ताले छेपारोले जस्तै रंग फेर्नु लज्जास्पद रहेको भन्दै टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री यादवले ‘निरल्लजताको पराकाष्ठा नाघेको छ। रङ्ग फेर्न गिरगिट ( माउसुली) लाई पनि उछिन्न सफल भएकोमा मधेस प्रदेश सरकारलाई बधाई दिने होइन त? ।’ व्याङ्गात्मक शैलीमा लेखेका छन् ।
हुन त इन्जिनियरलाई कालोमोसो दलिएको घटना मात्र नभई जनमत पार्टी सत्तामा नभएको बेला सप्तरीको भारदह अस्पतालमा रहेका कार्यरत डाक्टरहरुलाई जुत्ता चप्पल र अस्पतालको सिसाहरु तोडफोड गरेका घटनाहरु पनि जनताले बिर्सेका छैनन्। यतिबेला मधेस प्रदेशमा जनमतकै सरकार र हनुमाननगर कंकालिनी नगरपालिकामा जनमतकै नगरप्रमुख भएपनि भारदह अस्पतालको सुधार हुनुभन्दा पनि झन् बिग्रिएको अवस्थामा रहेको जनताले हेरिरहेका छन्।