भूपदेव माली
चैत्र १४ गते, सप्तरी।
सप्तरीको कञ्चनरुप १० बदगामा स्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार राती मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते हुने कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने बर्ष २७ का बिक्रम बञ्जराको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी रुपनी गाउँपालिका. ४ बस्ने बर्ष ३४ को संतोष ईसर गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
प्रहरीको अनुसार पुर्ब पश्चिम लोकमार्ग स्थित भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २-०२-०१६ प १२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको छेउमा लड्दा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाईते दुबैजनालाई तत्काल नोबेल अस्पताल बिराटनगर पठाईएकोमा मोटरसाइकल चालक बन्जाराको मध्यान्ह राती २४ :२० बजेको समयमा मृत्यु भएको अस्पताल श्रोतलाई उध्दृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बन्जारा मोटरसाइकल चालक रहेको निजको बुवा मार्फत खुल्न आएको छ । दुर्घटना ग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय कंचनपुरमा रहेको तथा घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।