न्युज 1नेपाल
चैत्र १५, काठमाडौँ।काठमाडौँमा गणतन्त्रवादी मोर्चाको शक्ति प्रदर्शन र राजावादी समर्थकहरूको शक्ति प्रदर्शन एकैसाथ भएकोले राजधानी तनावग्रस्त बनेको छ।
राजावादी समर्थकहरूको जनसभा बिथोलिएपछि समर्थकहरूले उग्र भएपछि राजधानी तनावग्रस्त बनेको हो।
राजावादी समर्थकहरूको नेतृत्वकर्ता दुर्गा प्रसाईले प्रहरीलाई अवहेलना गर्दै अगाडि बढेपछि प्रदर्शनकारीहरूले उग्र रुप लिँदै विभिन्न स्थानहरूमा तोडफोड, आग्जनी लुटपाट गरेका छन् ।
राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुनेपुगेका थिए।
। यद्यपि विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको थियो/ राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको थियो। तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको छ र राजावादी समर्थकहरूको नेतृत्वकर्ता दुर्गा प्रसाईले प्रहरीलाई अवहेलना गर्दै अगाडि बढेपछि प्रदर्शनकारीहरूले उग्र रुप लिँदै विभिन्न स्थानहरूमा तोडफोड, आग्जनी लुटपाट गरेका छन् ।।तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।सो क्रममा तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् ।एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड गरेका छन् भनेकोटेश्वरको भाटभटेनी सुपरस्टोरमा समेत लुटपाट र तोडफोड गरेका छन् ।
यसरी नै नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल नजिकै एउटा सवारी साधनमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको छ र राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ ।तीनकुनेमा आगो लगाएको घरभित्र रहेका मानिसको रेस्क्यु गर्ने क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए।
प्रहरीले प्रतिरक्षाका क्रममा गोली समेत चलाएको थियो । गोली लागी कम्तीमा एकजना गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले जनाएको छ । सोही क्रममा आगो निभाउन गएका बारुनयन्त्रमाथि प्रदर्शनकारीहरूले हमला गर्दै बारुनयन्त्र चालक माथि प्रहार गर्दै आग्जनी गरेका थिए।चालक गम्भीर घाइते भएका छन्।
यसरी नै राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी समेत गरेको छ । झुन्डझुन्डमा तोडफोड गर्दै हिँडेका राजावादीले एसको कार्यालय तोडफोड र आगजनी गरेका छन् ।