भूपदेव माली
चैत्र १६ गते, सप्तरी।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव काफ्लेले सडकमा जथाभावी छाडा पशु चौपाया छोडेनेहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
शनिबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेका भारदहबजार क्षेत्रका स्थानीयहरूलाई इलाका प्रहरी कार्यालय भारदहमा भेला गरी सो चेतावनी दिएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव काफ्लेको निर्देशमा इलाका प्रहरी कार्यालय भारदहका प्रणाली विश्वनाथ यादवको नेतृत्वमा खटिएका प्रहरीले सडकमा छाडा डुलिरहेका पशु चौपायाहरूलाई समातेर नियन्त्रणमा लिई अब उप्रान्त सडकमा कुनै पनि पशु चौपाया देखिएमा कानुन बमोजिम कारबाही गरिने सर्तमा पशुधनीलाई बुझाए।
यसरी नै भारदह बजारको पोर्ताहा सीमा स्थित सडकको पेटीमा जथाभावी सवारी साधनहरू रोकिराख्ने र सडकको पेटीमा कृषि बजार राखिने सबै सवारी चालक र व्यापारीहरूलाई अब उपरान्त सडकको पेटीमा बजार तथा सवारी साधन नराख्ने चेतावनी दिँदै यदि यसो गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने समेत चेतावनी दिए।
सो कार्यक्रममा नगरका वडा नं ३ पोर्ताहाका जनप्रतिनिधिहरू, वडा नम्बर १ भारदह का जनप्रतिनिधि, व्यापार संघका प्रतिनिधिहरू, बुद्धिजीवी एवं स्थानीय भर- भलादमीहरूको उपस्थिति रहेको थियो।