• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रेस स्वतन्त्रता हनन को विरुद्ध पत्रकार महासङ्घ सप्तरीद्वारा नेपाल सरकारलाई ज्ञापनपत्र

सप्तरीका सिडीओलाई ज्ञापन पत्र बुझाउदै सप्तरीका पत्रकरहरु

img

भूपदेव माली
चैत्र १८ गते, सप्तरी।
काठमाडौंको तीनकुनेमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।  सोमबार नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका अध्यक्ष श्रवण देवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनमा  महासंघले प्रेस स्वतन्त्रता हननको घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न र पीडित पत्रकार तथा सञ्चारगृहलाई क्षतिपूर्ति दिन माग गरेको छ।

नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्या, सञ्चारगृहहरूमा तोडफोड तथा हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। साथै, महासंघले पीडित पत्रकारका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

 यदि एक साताभित्र माग पूरा नभए, देशव्यापी आन्दोलनको घोषणा गरिनेमहासंघले चेतावनी दिएको छ।

पत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणदेव, सहसचिव कृष्ण मण्डल, वैनाथ झा, मनोहर पोखरेल, पुनम पोखरेल, भुपदेव माली, बृजमान तामाङ, उपाध्यक्ष रामनारायण विश्वास लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो।

ज्ञापन पत्र बुझ्दै सप्तरीका सिडियोले यो ज्ञापनपत्र सरकारलाई छिट्टै पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी