• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजविराजमा प्रदर्शन एमपिएल लिग: जनकपुर सनराईज र बलान बिहुल बिजयी

img

न्युज 1नेपाल
बैशाख ०७ गते, सप्तरी।
राजबिराजमा प्रदर्शन भइरहेको मधेश प्रिमियर लिग अन्तर्गत आइतबार भएकाे खेलमा जनकपुर सनराईज र बलान बिहुल बिजयी भएकाछन् ।
पहिलाे खेलमा काेशी क्यापिटल दुहबीलाई १ सय ९८ रनले पराजित गर्दै जनकपुर सनराईज बिजयी र दाेस्राे खेलमा बलान बिहुलले काठमाण्डौ राेयल्सलाई ६ बिकेट ले पराजित गर्दै बिजयी भएका हुन।पहिलाे खेलमा टस जितेर काेशी दुहबीले जनकपुरलाई ब्याटिंग गर्न दिएपछि जनकपुरले २० ओभरमा ५ बिकेट गुमाएर २ सय ३५ रनकाे विशाल याेेगफल खडा गरेका थिए। जसमा टिमका लागी विशाल सुश्लिंगले बिष्फाेटक ब्याटिंग गर्दै ८० रन अविजित रहदै खेलेपछि टिमले ठुलाे स्काेर बनाउन सफल भएको हो।
यसैगरी अर्का ब्याटर मयन यादबले ६६ रन, विशाल पटेल ४७ रन, र आदिल खान २५ रन बनाएका थिए।
यता बलिंग तर्फ साजन कुमार दास ३ बिकेट, नवीन यादब र आयुष राैनियार १/१ बिकेट लिएका थिए।
जवाफमा २ सय ३६ रनकाे लक्ष्य लिएका काेशी दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सकेका थिए।यता दुहबीका नवीन यादब र माेहम्मद साेहिल १५/१५ रन बाहेक टिमका ७ जना ब्याटर खाता न खाेल्दै आउट भएका थिए।
दुहबीलाई सस्ताेमा आउट गर्न बिपिन खत्रीले किफायती बलिंग गर्दै ४ बिकेट, प्रदिप पासवान ३ बिकेट, विशाल पटेल २ बिकेट तथा तुल बहादुर मगरले १ बिकेेट लिएपछि दुहबी टिम पछि परेका थिए। खेलकाे प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घाेषित भएकाे छ।
यसैगरी आजै काठमाण्डौ राेयल्स र बलान बिहुल सुपर किंग बिच भएकाे खेलमा टस जितेर काठमाण्डौले ब्याटिंग गर्दै १५ ओभर ४ बलमा सबै बिकेट गुमाएर ६५ रनकाे सानाे याेगफल खडा गरेका थिए।
जसमा मिलन बाेहरा ११ रन र रूपेश सिँहले १० रन बाहेक अरू कुनै खेलाडीहरू दाेहाेेराे अंक पार गर्न सकेन।
यता बलिंग तर्फ भुवन कार्की र अरनिकाे प्रसाद यादबले उत्कृष्ट बलिंग गर्दै समान ४/४ बिकेट हात पारेका थिए। भने राशिद खान र बिवेक यादबले १/१ बिकेट लिएका थिए।
जवाफमा बलान बिहुलले ७ ओभर ३ बलमा ४ बिकेट गुमाएर बिजयी हासिल गरेका थिए। जसमा ईमरान शेखले अविजित ३२ रन खेल्दै टिमलाई जित तर्फ सहज गराएका थिए। यसैगरी लाेकेश बमले १२ रन बनाएका थिए भने बिकास दासले ७ रन बनाउदै अविजित खेलेका थिए। बलिंग तर्फ काठमाण्डौका नरेन साउदले ३ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ दि म्याच भुवन कार्की घाेषित भएका थिए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी