• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु

img

न्युज 1नेपाल संवाददाता
बैशाख १९ गते, सप्तरी।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा स्थित पूर्वपश्चिम लोकमार्गमा सडक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार करिब राती १:०० बजेको समयमा भएको दुर्घटनामा नाम वतन नखुलेको अन्दाजी बर्ष ४० को मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कुसाहा स्थित पूर्वपश्चिम लोकमार्गमा साइडमा रोकेर राखेको प्र २-०१-००१ क ००४५ नम्बरको टिपरलाई पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले पछाडिबाट आफै ठक्कर दिदा उक्त मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते उनलाई प्रहरीले उद्वार गरि तत्काल नजिक परेका लहान स्थित प्रादेशिक अस्पताल पठाएका थिए ।
टाउको तथा शरिरिकको विभिन्न भागमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल लहानमा राखिएको तथा घटना बारे थापा अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको अनुसार मृतकको पहिचान भइ नसकोकोले आफन्तहरुसंग सम्पर्क गर्ने प्रयास भईरहेको छ।

img

Share:
Tags