आज विश्व प्रेस स्वतन्त्रता दिवस हो। हरेक वर्ष मे ३ तारिखका दिन विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न सञ्चार माध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरुलाई श्रद्धाञ्जली दिन मनैनी गरिएको छ। सन् १९९१ मा यूनिस्केको साधारण सम्मेलनको छ विश्व सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो। सन् १९९१ मा ऐतिहासिक विन्डोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनी स्वरूप मनेनी दिवस पनि हो।
आज हाम्रो नेपालमा पनि पत्रकारहरुले विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरिएको छ।
नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रता बलियो भएको देखिएको छैन।पत्रकारको सूचना सङ्कलन कार्यमा अवरोध त छन् नै, कुनै कुनै स्वार्थ समूहको चाहना अनुसार समाचार प्रकाशन/प्रसारण नभए पत्रकार असुरक्षित हुने विकराल अवस्थाको पनि रहिआएको देखिन्छ।
पत्रकारिताको पेशागत मर्यादा र मापदण्डहरूको प्रतिकूल रहेर पत्रकारहरूले एकपक्षीय, अपूर्ण र भ्रामक समाचार उत्पादनलाई बढावा दिनु हुँदैन।
प्रेस स्वतन्त्रताको सन्दर्भमा कतिपय पत्रकारहरूले राजनीतिमा लागेका पनि देखिएको छ।एउटा पेशेवर पत्रकारले राजनीतिमा संलग्न हुनु पत्रकारिता पेशाको
आधारभूत मापदण्डको प्रतिकूल त हुँदै हो, पत्रकार महासंघको विधानको दफा ३२ र ३३ पनि उल्लङ्घन गर्नु हो।
कतिपय घटनामा प्रहरी र प्रशासनको संलग्नतामा आलोचनात्मक समाचारहरू दबाउने, त्यस्तो समाचार लेख्ने पत्रकारको घर खानतलासी गर्ने, गिरफ्तार गर्ने, झूटा मुद्दामा फसाउने, सरकारी कार्यालयमा बयान दिन उर्दी जारी गर्ने लगायत हर्कतहरू भए।
प्रेस स्वतन्त्रताको सन्दर्भमा कुनै निकाय वा व्यक्तिद्वारा पत्रकारलाई समाचारको स्रोत खोल्न दबाब दिनु स्वतन्त्र प्रेस, सम्पादकीय स्वतन्त्रता र पत्रकारको सुरक्षाका दृष्टिकोणले समेत घातक हो।
पत्रकारले प्रेस स्वतन्त्रता बलियो राख्नका लागि पत्रकारहरुले पनि आचारसंहितामा बढी ध्यान दिनुपर्ने देखिन्छ। आचारसंहितालाई थप गम्भीरतापूर्वक अनुसरण गर्ने गर्नुपर्छ।
नेपालको प्रेस स्वतन्त्रताको अवस्था निकै उदार भए पनि पूर्ण स्वतन्त्रता प्राप्त गरिसकेको अवस्था छैन।सरकारी निकायले पत्रकार वा सञ्चार माध्यमका कुनै विषयवस्तु मन परेन भने कानूनद्वारा निर्देशित प्रक्रियामा जानुको साटो सोझै प्रहरी खटाउने, खानतलासी गर्ने, नियन्त्रणमा लिने र कहिलेकाहीं झूटा मुद्दामा फसाउने गरेको समेत देखिन्छ। तसर्थ, सरकार र पत्रकार दुवै पक्ष संयमित र प्रतिबद्ध हुन सके नेपालको प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय छविमा धेरै सुधार हुनेथियो।
नेपालमा प्रेस स्वतन्त्रता कायम राख्न पत्रकारहरूले पनि सजग हुनु आवश्यक छ।