भूपदेव माली
बैशाख २० गते, सप्तरी।
सप्तरीको सप्तकोशी नगरपालिका अन्तर्गत फत्तेपुरमा मिस्टर एण्ड मिस सप्तकोसी २०२५ प्रतियोगिता सम्पन्न गरिएको छ।
शनिबार बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले नगरमा प्रतियोगिता आयोजना सम्पन्न गरिएको हो ।
एल एण्ड सि मोडल एजेन्सी प्रालि इटहरीद्वरा आयोजना गरिएको प्रतियोगितामा नगर भित्रका एक सय ५० भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको आयोजक संस्थाका प्रबन्ध निर्देशक दिपक गिरीले बताए ।
सप्तकोसी नगरपालिका वडा नम्बर ४ स्थित होटेल भिल्ला २१ मा आयोजाना गरिएको सो कार्यक्रममा ७ देखि १४ बर्ष सम्मका १ सय ५० भन्दाबढी बालबालिकाको सहभागिता रहेको प्रबन्ध निर्देशक गिरिले बताए।
बालबालिकाको ब्यक्तित्व बिकास र उनिहरुमा भएको प्रतिभालाई उजागर गर्नु नै संस्थाको उदेश्य रहेकाले बालबालिकाको चौतर्फी बिकासमा कार्यक्रमले सहयोग पुर्याउने निर्देशक गिरिले बताए। सम्पन्न आयोजनामा ग्रान्ड अडिसनको निर्णायकमा पावर मुभ एन्ड मोसन डान्स स्टुडियोका प्रबन्ध निर्देशक नरेश श्रेष्ठ र ब्युटिसियन बिबिशिका भट्टराई रहेका छन।
फस्ट अडिसनमा सेलेक्ट हुने बालबालिकाहरुका लागि थप क्लासहरु सन्चालन गरि प्रतियोगितामा सहभागी गराइने आयाेजकले जनाएको छ।