भुपदेव माली
बैसाख २० गते,सप्तरी।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस भव्यताका साथ मनाएकाे छ । शनिबार महासंघले पत्रकार आचारसहिता र प्रेस स्वतन्त्रता बिषयक अन्तरक्रीया कार्यक्रम गरि दिवस मनाएकाे हाे ।
शाखाका अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरूले प्रेस स्वतन्त्रता नाम मात्रकाे भएकाेले पत्रकारहरू जाेखिममा पर्दै आएको भन्दै दु:ख ब्यक्त गरे । उनिहरूले शुभकामना दिनेक्रममा भने पत्रकारहरूकाे सुरक्षा, हकहीत जस्ता अधिकारमुखी कार्य स्वतन्त्रता भित्र पर्ने भएकाेले कानुनमा जताए बमाेजिम लागू हुनुपर्ने छ ।
साे अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यराजु बिश्वकर्मा, सप्तरी महासंघका पूर्व अध्यक्षहरू क्रमश: बिष्णु मण्डल, बैधनाथ झा, मुरली प्रसाद यादव र धीरेन्द्र प्रसाद साहले बिचार
ब्यक्त गरेका थिए ।
यस्तै शुभकामना मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश पूर्व सचिव भाेला पासवान, प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण, प्रेस चाैतारी नेपाल जिल्ला उपाध्यक्ष नानीमैया कट्वाल, प्रेस मञ्च नेपाल जिल्ला अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष बिन्दु कुमार यादव थिए ।
शाखाका कावा सचिव डम्बर राईले संचालन गरेकाे उक्त कार्यक्रमलाई शाखाका उपाध्यक्ष राम नारायण बिश्वासले स्वागत मन्तब्य दिएका थिए । साे अवसरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, बरखगण, अनुसंधानका प्रमुख लगायतका सहभागी थिए ।