• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारतको पाकिस्तानमाथि हवाई हमला सुरु, जैस-ए-मोहम्मद परिवारका १० जना सदस्य मारिए

img

न्युज 1नेपाल,
बैसाख २४ गते, काठमाडौँ।
भारतले कश्मिर स्थित फुलगामामा पाकिस्तानी आतंकीहरूद्वारा निर्दोषहरू हिन्दुहरूको ज्यान लिएको बदला लिन पाकिस्तानमाथि आक्रमण सुरु गरेको छ।
भारतले बुधबार रातिदेखि पाकिस्तान स्थित उग्रवादी संगठनको अड्डाहरूलाई लक्षित गरी हवाई आक्रमण द्वारा सर्जिकल स्ट्राइक (युद्ध) सुरु गरेका हुन् ।
भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् ।
पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको बताइएको छ। जैस-ए-मोहम्मदको तर्फबाट बुधबार जारी विज्ञप्तीमा अजहरकी दिदी र भिनाजु, उनका भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाहरूको ज्यान गएको जनाइएको छ । आक्रमणमा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको संगठनले जनाएको छ ।
जैस-ए-मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान लिन सफल भएको थियो ।

बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि ना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।

भारत केन्द्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् ।    यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी