भूपदेव माली
वैशाख २७ गते , सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–३ भारदह बाजार स्थित रहमानीया जामे मस्जिदमा ६ जना बंगलादेशी नागरिक भेटिएका छन् ।
भारत पाकिस्तान बीच तनाव चलिरहेका बेला ६ जना बंगलादेशी नागरिकलाई इप्रका भारदहका प्रशनी दिलिप खड्गालाई सप्तरीको सो मस्जिदमा भेटिएका हुन् ।
भेटिएका बङ्गलादेशीहरू चार महिनाका लागि बंगलादेशको ढाकाबाट धर्म प्रचारको लागि भन्दै काठमाडौं, मोरङ, सुनसरी हुदै उनीहरू सप्तरी आएका हुन्।
अराइभल भिसामा आएका उनीहरूको भिसाको म्याद गत मार्चमा सकिएपछि बिराटनगर स्थित अध्यागमन कार्यालयबाट जुन २०२५ सम्मका लागि म्याद थप गरि उनीहरु नेपालभित्रै जत्रतत्र बस्दै आएका हुन् ।उनीहरु नेपालभित्रै जत्रतत्र बस्दै आएका हुन् ।
मज्जिदका सेक्रेटेरी सरिफ रहमानले बंगलादेशी जमाती धर्मगुरूहरू नियमित कार्यक्रम अनुसार नै यहाँ आएको बताए । धर्मगुरुहरु मज्जिदमै बसोबास गरिरहेको उनले जानकारी दिए ।
भारत-पाकिस्तान वीच तनाव बढेपछि सिमा नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको अवस्थामा भेटाएका छन् । पाकिस्तानी आतंककारी समुह नेपालमा लुकीछिपी बस्न सक्ने आशंकामा विदेशी नागरिकहरुमाथि निगरानी बढाएको अवस्थामा ती बङ्गलादेशी नागरिकहरू भेटिएकोले अनुसन्धानको क्रममा छन्।।