वैशाख २६ गते ,काठमाडौँ —बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लगाएको छ । आतंकवादविरोधी कानुनअन्तर्गत पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको दाबी गरेको छ ।
मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिगका नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममा विभिन्न प्रचारप्रसार गर्न समेत प्रतिबन्ध लगाइएको छ ।शनिबार बोलाइएको सल्लाहकार परिषद्को विशेष बैठकले हसिनाको पार्टीलाई प्रतिबन्ध लगाएने निर्णय गरेको हो । बैठकमा ‘इन्टरनेसनल क्रिमिनल ट्रिब्युनल एक्ट’ मा संशोधनको लागि पनि स्वीकृति दिइएको छ । सरकारले देशको सुरक्षा, सम्प्रभुता, जुलाई आन्दोलनका नेता कार्यकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि उक्त निर्णय लिइएको दाबी गरेको छ।
केही दिनदेखि बंगलादेशमा अवामी लिगलाई ‘आतंकवादी संगठन’ का रूपमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । प्रदर्शन गर्नेमा नेसनल सिटिजन पार्टी (एनसीपी) समेत थियो । अवामी लिगले सरकारको निर्णय अलोकतान्त्रिक र दमनकारी भएको बताएको छ ।केही दिनदेखि बंगलादेशमा अवामी लिगलाई ‘आतंकवादी संगठन’ का रूपमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो । प्रदर्शन गर्नेमा नेसनल सिटिजन पार्टी (एनसीपी) समेत थियो । अवामी लिगले सरकारको निर्णय अलोकतान्त्रिक र दमनकारी भएको बताएको छ ।