• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

पाकिस्तानको बलुचिस्तानमा बसमा बम विस्फोट हुँदा ५ जनाको ज्यान र ३८ जना घाइते

img

 

न्युज 1नेपाल
जेष्ठ ०८ गते,क्वेटा —पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एक स्कूल बसमा भएको बम बम विस्फोटमा ५ जनाको ज्यान गएको छभने ३८ जना घाइते भएका छन् ।
छाछात्राहरू रहेको सो बसमा बम आक्रमणले गर्दा सो घटना हुँदा ज्यान गुमाउनेमध्ये ३ जना बालबालिका रहेको बीबीसीले जनाएको छ।

बलुजका स्थानीय प्रहरीका अनुसार बुधबार बिहान करिब ७:४० बजे खुझदार भन्ने दुर्गम सहरमा बसमा विस्फोट हुँदा बसमा करिब ४० जना विद्यार्थी रहेका थिए ।सामाजिक सञ्जालमा फैलिएका तस्बिरहरूमा विस्फोटपछि जलेको बसको भग्नावशेष देखिन्छ । बसका वरिपरि स्कूलले झोलाहरू छरिएका छन् ।हालसम्म सो घटना बारे कुनै पनि समूहले जिम्मेवारी लिइसकेको छैन । पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा रहेको विभिन्न विद्रोह का घटनाहरूले ग्रसित एवं अशान्त प्रान्त बलुचिस्तानमा लामो समयदेखि मानवअधिकार उल्लंघनको चपेटामा छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले घटनाको निन्दा गर्दै यसलाई ‘पूर्ण बर्बरता’ भनेका छन् उनले आक्रमक आक्रमणकारीलाई ‘देश अशान्त बनाउने बालबालिकालाई लक्षित गर्ने जनावर’ भनेका छन्।

मार्चको सुरूमा बलुचिस्तानको दुर्गम सिबी जिल्लामा एक रेल कब्जा गर्ने घटनामा करिब २१ जना सर्वसाधारण र ४ सैनिक मारिएका थिए । त्यो आक्रमण बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) नामक पृथकतावादी समूहले गराएको थियो । उक्त समूहले बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि सशस्त्र विद्रोह गर्दै आएको छ ।

पाकिस्तानका साथै अमेरिका, बेलायतलगायत धेरै पश्चिमी देशले बीएलएलाई आतंकवादी संगठन घोषणा गरेका छन् । यसअघि पाकिस्तानी सेनाले बीएलएलाई भारतसँग जोडेको थियो । तर उक्त दाबी बीएलएले अस्वीकार गरेको छ ।

बलुच कार्यकर्ताहरूले पाकिस्तानका सुरक्षा बलले आफूमाथि अत्याचार गरेको आरोप लगाएका छन् । पछिल्ला दुई दशकमा सयौं जातीय बलुचहरूले पाकिस्तानी सुरक्षाबलको कारबाहीमा ज्यान गुमाएका छन् । हजारौंलाई उचित कानुनी प्रक्रियाबिना हिरासतमा लिइएको, अपहरण, यातना र हत्या गरिएको बताइन्छ ।पाकिस्तानी सेनाले छिमेकी मुलुक भारत र बलिचिस्तानमा रहेका बलुज विद्रोहीले का नाइकेले योजनाबद्ध आक्रमण गरेको आरोप लगाएको छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन। यद्यपि यसको पुष्टि हुन सकेको छैन भारत प्रशासित कश्मिरको पहलगाममा २२ अप्रिलमा पर्यटकहरू माथि भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तान बीचको तनाव केही दिन अघि रोकिए पनि भारतमाथि विभिन्न किसिमका आरोपहरु लाग्ने गरेको छ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी