• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण अब मधेशबाट नै हुने

img

जेष्ठ ०८, सप्तरी।
अब मधेस भवनबाट नै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण हुने भएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालय र सार्वजनिक सेवा प्रसारण बिच सहमति पत्रमा हस्ताक्षर भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण मधेशबाट हूने निश्चित भएको हो ।
सहमतिपत्रमा मन्त्रालयको तर्फबाट मन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेपछि अब यी प्रसारणहरू मधेशबाट नै हुने भएको हो।
रेडियो नेपाल तथा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण मधेश प्रदेशको जनकपुर स्थित मधेश भवन भित्रबाटै हुने भएको हुदा संचार क्षेत्रमा महत्वपुर्ण उपलब्धी हाँसिल भएको मन्त्री लेखीले बताए ।
प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री लेखीको अध्यक्षता तथा मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा बिष्ट,नीति आयोगकी सदस्य डा.शिला मिश्र लगायतको उपस्थिती रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी