• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा मकै कृषकहरूको अराजकता

img

न्युज 1नेपाल
जेष्ठ ०९ गते, सप्तरी । सप्तरीको भारदहमा किसानहरूले सडकमा सवारी साधनलाई अवरोध हुने अराजक किसिमले मकै सुकाउने गरेका छन्।
सप्तरीको हनुमाननगर कङ्कालनी नपा वडा नं १ कोशी पश्चिमी कोशी तटबन्धको सडकमा कंकालिनी भगवती मन्दिरदेखि उत्तर भलुवासम्मका कालोपत्रे सडकमा सवारी साधनहरुलाई अवरोध हुने किसिमले मक्कै सुकाउन लाग्दा उल्टै चालकहरुलाई विभिन्न किसिमका गालीगलोज गर्दै हप्काउने गरेका छन्।
शुक्रबार बिहान हक नपा वडा नं १ हलुवाको खत्रे टोलमा बस्ने रामकुमार खंग खत्वेले केही सवारी चालकहरूलाई बाटो रोकी गालीगलोज तथा मार्ने धम्कीहरु दिएका छन्।
किसानहरूले मक्कै सुकाउने गरेका सो सडकमा एक हप्ता अघिदेखि धेरै सवारीचालकहरूले इलाका प्रहरी कार्यालय भारदहका प्रनानी गोविन्द घिसिङलाई उजुरी गर्दै आएकाले शुक्रबार १२:३० बजे इलाका प्रहरी कार्यालयका प्रहरी जवानहरुले सो सडकमा गई किसानहरुलाई सम्झाई बुझाई सडक अवरोध नगर्न चेतावनी दिएका छन्।
उक्त सडकमा मकै सुकाउने गरेका किसानहरूको अराजकताले सवारी साधनहरुलाई आवत जावत गर्न कठिनाई भइरहेको हुँदा चारैतिर यसको विरोध भइरहेको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी