• img
  • img
img img img
Categories
खेलकुद समाचार

सप्तरीको जन्डोलमा अध्यक्ष कप लिग फुटबल : वडा नम्बर २ को लगातार जीत

विजेता खेलाडीहरू

img

 

न्युज 1नेपाल संवाददाता।
जेठ १० गते , सप्तरी।

महुली नदि युवा क्लबद्वारा संचालित तेस्रो अध्यक्ष कप लिग फुटबल प्रतियोगितामा वडा नम्बर २ ले लगातार दोश्रो जीत हाँसिल गरेको छ ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाको सहयोगमा भइरहेको फुटबल प्रतियोगिता जण्डोल खेल मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा वडा नम्बर ६ लाई ०- २ गोलान्तरले पराजित गर्दै वडा नम्बर २ विजयी भएको हो ।

दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको पहिलो हापको निर्धारित ४० मीनेटको खेलमा कुनैपनि टिमले गोल गर्न नसकेपछि बराबरी अबस्थामा रहेका थिए ।
खेलको दोश्रो हापको नवौं मिनेटमा वडा नम्बर २ का जर्सी नम्बर ७ का दिपेश चौधरीले १ गोल गरे भने लगत्तै १९ औं मीनेटमा उनले नै गोल थपेपछि २ नम्बर वडा ०- २ गोलान्तरले विजयी भएको प्रमुख रेफ्री मोहन चौधरीले बताए ।
शनिबार सम्पन्न पहिलो खेलमा वडा नम्बर २ का जर्सी नम्बर ७ का दिपेश चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजारसहित च्याम्पियन शिल्ड प्राप्त गरे ।
यसअघि शुक्रबार सम्पन्न खेलमा वडा नम्बर ३ लाई १-२ गोलले पराजित गर्दै वडा नम्बर २ ले जित हाँसिल गरेका थिए ।
शनिबारको दोश्रो खेल वडा नम्बर ५ र ४ वीच हुने आयोजक समितिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।
लिक चरणमा आयोजित प्रतियोगितामा ६ वटै वडाका टिम सहभागी छ भने खेलको विजेता टिमलाई रु ५५ हजार तथा उपविजेता टिमलाई रु ३५ हजार नगद पुरस्कारसहित शिल्ड कप, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचिब सरोज राना मगरले जानकारी गराए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी