• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

अमेरिकामा अत्यधिक कुहिरोका कारण एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

img

न्युज 1नेपाल
जेठ १० गते , सान डिएगो —बिहान बाक्लो कुहिरोका कारण अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानका सबै ६ जनाको मृत्यु भएको छ ।
अमेरिको राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३:४७ बजे विद्युत‍्को तारमा ठोक्किन पुग्दा सिधै आवासीय क्षेत्रमा खसेको हाे । दुर्घटना ग्रस्त विमानद्वारा आगो लागेपछि वरिपरीका असंख्य घरहरूमा क्षति हुन पुगेको बताएको छ ।

चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको विमान दुर्घटना हुंदा उनीसहित अन्य पाँच जनाको पनि ज्यान गएको छ । सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।संगीत संस्था साउन्ड ट्यालेन्ट समूहले वक्तव्य जारी गर्दै भन्यो,’हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’दुर्घटना हुँदाको समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी