भूपदेव माली
जेठ११ गते , सप्तरी।
हिन्दुका विवाहित महिलाहरूले मनाइने मनाईने वटसावित्री (बरसाइत) पर्वको अवसरमा सप्तरीको महादेवा गाउँपालिकाले सोमबार महिला कर्मचारीहरुलाई विदा दिएको छ ।
मिथिलाका नारीहरूले अत्याधिक महत्वका साथ मनाइने बट सावित्री व्रतलाई प्राथमिकता दिँदै गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।
‘मिति २०८२/०२/१२ गते सोमबारको दिन मिथिला क्षेत्रमा हर्सोल्लासका साथ मनाइने वटसावित्री पर्वको उपलक्ष्यमा यस महादेवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा कार्यरत महिला कर्मचारी एवम् यस पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षिकाहरुलाई मात्र विदा दिइएको जानकारी गराइन्छ’ अध्यक्ष मण्डलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । वटसावित्री पर्वमा मिथिला क्षेत्रका महिलाहरु निराहार व्रत बसी श्रीमानको आयू वृद्धिको कामना संतान समृद्धिको कामना गर्दै बरको रुखमुनि पूजा एवं सावित्री कथा पाठ श्रवण गर्ने परम्परा रहेको छ ।