न्युज 1नेपाल
जेठ ११ गते,थाइल्याण्ड —थाइल्याण्डमा प्रहरीको एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ।थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थाइल्याण्ड प्रहरीले जनाएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेका बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर कुन कारणले कसरी दुर्घटना भएको बारेमा थाइल्याण्ड प्रहरीले अनुसन्धान गरिने जनाइएको छ ।