• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरी प्रहरीद्वारा दुई जना फरार प्रतिवादीहरू पक्राउ।

img

भूपदेव माली

जेठ ११ गते , सप्तरी।
सप्तरी प्रहरीले चोरी तथा लागूऔषध मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी तथा लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेहरुमा सप्तरी बोदेबर्साइन नगरपालिका ५ का खुशरुविन मिया र सोही नगरपालिका ३ का अमित कुमार साह रहेका छन् ।
जारी प्रेस विज्ञप्तिमा सप्तरी जिल्ला अदालतले चोरी मुद्दामा दुई महिना जेल सजाय र २ हजार जरीवाना तोकिएका मिया तथा लागूऔषध मुद्दामा १ महिना १५ दिन जेल सजाय र १ हजार ५ सय जरीवाना तोकिएका साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा उल्लेख छ ।
जिल्ला अदालत राजविराजबाट दोषी ठहर भई फरार रहेको दुबैजनालाई खोजतलासको क्रममा गाउँघरमै लुकीछीपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
दुबैजनालाई आवश्यक कारबाहीका लागि आइतबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको डिएसपी बस्नेतले जानकारी गराएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी