• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रिय युवा सङ्घको महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन दर्ता सुरु

img

न्युज 1नेपाल
जेष्ठ ११ गते, काठमाडौँ।नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको महाधिवेशनका लागि निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता सुरु भएको छ । आइतबार साँझ ७ बजेदेखि महाधिवेशन पोखराको सभागृहमा मनोनयन दर्ता सुरु भएको हो ।
उम्मेदवारी दर्ता राति साढे ८ बजेसम्म जारी रहने र अपुग भएमा समय थप गरिने निर्वाचन अधिकृत जय गुरुङले बताए । पदाधिकारी, भूगोल सदस्यका लागि मनोनयन दर्ता गर्न छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।
दिउँसो साढे ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको थियो । मनोनयन फारम वितरण ढिलो भएपछि उम्मेदवारी दर्ता पनि पछि धकेलिएको हो । वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी अध्यक्षका प्रमुख दाबेदार छन् । उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महाराज गुरुङ, विनय शाह, महासचिवमा कुबेर अधिकारी र महेश चौलागाईं प्रमुख दाबेदार छन् ।

उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महाराज गुरुङ, विनय शाह, महासचिवमा कुबेर अधिकारी र महेश चौलागाईं प्रमुख दाबेदार छन् ।
अध्यक्ष, दुई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई खुला सचिव, मधेश र महिला सचिव गरी ९ पदाधिकारी, आयोग पदाधिकारी र सदस्यसहित १ सय ६३ पदका लागि निर्वाचन हुनेछ ।

महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् । आज उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने तयारी छ । मतदान भोटिङ मेसिनमार्फत हुनेछ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी