• img
  • img
img img img

img

आज ‘बट सावित्री’ व्रत हो। अर्थात् मधेशमा खासगरी मिथिलामा यस पर्वलाई ‘बरसाईत’ पनि भनिन्छ। जेष्ठ औँसीमा व्रत लिने चलन छ।
धार्मिक दृष्टिले यो व्रत कथा सावित्री र सत्यवानको प्रेम कथामा आधारित छ। राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा बस्ने दृष्टिविहीन पिता दुमत्सेनका पुत्र सत्यवानलाई आफ्नो बर (पति) रोजेकी थिइन् । सायद त्यसैकारण सत्यवानसँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जंगलमा बस्न थालिन्। सत्यवान दाउरा काट्ने क्रममा रूख माथि बाट लडेर घाइते भएपछि मृत्युको देवता यमराज सत्यवानको प्राण हर्न (लिन)आएका थिए। आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन्। सत्यवानको जीवन रक्षा सावित्रीले देखाएकी आसक्ति र अलाप दुवै आजसम्म पनि उदाहरणका रुपमा लिइन्छ।

यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बट सावित्री व्रतका रुपमा हरेक वर्ष जेष्ठ औँसीमा सम्झना स्वरूप हिन्दु स्वाहागिन स्त्रीहरुले (विवाहित महिलाले)व्रत लिने गरिन्छन्। हुन त यस व्रतको उद्देश्य आफ्नो पतिको लामो आयुको लागि गर्ने गरिन्छ। तर पतिको लामो आयुसँगै आफ्ना सन्ततिका लागि पनि यो व्रत गर्ने मनसाय रहेको हुन्छ।

बर्सात पर्व मिथिलामा धेरै प्रचलित व्रत हो। खासगरी विवाहित महिलाहरूले आजको दिन बिहान नुहाईवरी दिनभरि उपवास बसेर बट सावित्रीको कथा श्रवण गरे पश्चात् ठूलाबडासँग आशीर्वाद लिने गरिन्छन्।
यो व्रत खासमा बर को रुखमुनि गर्ने गरिन्छन्। हिन्दूशास्त्रमा बरको ठुलै महत्व रहेको छ। भन्नाले प्रयागराजको बरको रुख नै हो अर्थात् अछय बट पाँच हजार वर्ष पुरानो रुख हो। यो रुखमनी देहत्याग गर्दा मोक्षको प्राप्ति हुने जनविश्वास व्याप्त छ।
बट सागत्री व्रत कथा अष्कन्द पुराणमा उल्लेख गरिएको छ। हरेक वैवाहिक महिलाले बट सावित्री व्रतको पूजा एवं सावित्री व्रतको कथा पाठ गर्नुपर्दछ। अस्कन्द पुराणमा भनिएको छ बट सावित्रीको कथा एवं पाठ गर्नाले देवी सावित्रीको ध्यान पूजनवट वृक्षको मुनि गर्नाले सुहाग अर्थात् पतिको उम्र लामो हुने र पतिको प्रेम पत्नीमाथि रहँदै सधैँ सुख हुने गर्दछ।

भनिन्छ – बट सावित्री व्रतको प्रभावले विवाहित महिलाहरूको जीवन सुखी तथा सम्वृद्ध हुने गर्छ। त्यसैले आ-आफ्ना घर-परिवारलाई शान्ति, सम्वृद्धि , प्रेम – स्नेह बनाई राख्न निष्ठापूर्वक यो व्रत मनाउनु पर्छ। बरसाइत व्रत लिने सम्पूर्ण विवाहित महिलाहरूको मनकामना पूर्ण होस् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी