• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

तराई मधेशमा बट सावित्री व्रत हर्षोलासका साथ सम्पन्न

वरकों रुख मुनि बट सावित्री ब्रत गर्दै व्रतालुहरु

img

भूपदेव माली
जेठ १२ गते,सप्तरी। तराई मधेशमा बट सावित्री व्रत सम्पन्न भएको छ। वटसावित्री व्रत मनाउने व्रतालुहरूले बिहानैदेखि निराहार रही विभिन्न मठ मन्दिरमा गई पूजा- आजा गरी बर को रुखमुनि विधिपूर्वक बट सावित्री कथा श्रवण एवं पूजापाठ गरी व्रत सम्पन गरेकी हुन् ।
सोमबार व्रतालुहरू सप्तरीका प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा हजारौंको सङ्ख्यामा पूजा अर्चना गर्न आएकी थिइन्। मैथिल स्त्रीहरूले निष्ठापूर्वक मनाउने यो पर्वलाई मिथिलामा ‘बरसाईत’ पनि भनिन्छ। जेष्ठ औँसीमा व्रत लिने चलन छ।
धार्मिक दृष्टिले यो व्रत कथा सावित्री र सत्यवानको प्रेम कथामा आधारित छ। राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा बस्ने दृष्टिविहीन पिता दुमत्सेनका पुत्र सत्यवानलाई आफ्नो बर (पति) रोजेकी थिइन् । सायद त्यसैकारण सत्यवानसँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जंगलमा बस्न थालिन्। सत्यवान दाउरा काट्ने क्रममा रूख माथि बाट लडेर घाइते भएपछि मृत्युको देवता यमराज सत्यवानको प्राण हर्न (लिन)आएका थिए। आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन्। सत्यवानको

जीवन रक्षा सावित्रीले देखाएकी आसक्ति र अलाप दुवै आजसम्म पनि उदाहरणका रुपमा लिइन्छ।

यिनै सावित्रीको निस्वार्थ प्रेमको दृष्टान्तलाई बट सावित्री व्रतका रुपमा हरेक वर्ष जेष्ठ औँसीमा सम्झना स्वरूप हिन्दु सुहागिन स्त्रीहरुले (विवाहित महिलाले)व्रत लिदै हर्षो उल्लासका साथ सम्पन्न गरेकी छिन्।
आफ्नो पतिको लामो आयुसँगै आफ्ना सन्ततिका दिर्घायुको कामना संगै पारिवारिक समृद्धि का लागि समेत यो व्रत गर्ने मनसाय रहेको विवाहित महिलाहरूले आजको दिन बिहान नुहाईवरी दिनभरि उपवास बसेर बरको रुखमुनि लिपपोत गरी विधिवत बट सावित्रीको कथा श्रवण गरे पश्चात् ठूलाबडासँग आशीर्वाद लिदै सम्पन्न गरेकी छन्।

आफ्नो पतिको लामो आयुसँगै आफ्ना सन्ततिका दिर्घायुको कामना संगै पारिवारिक समृद्धि का लागि समेत यो व्रत गर्ने मनसाय रहेको विवाहित महिलाहरूले आजको दिन बिहान नुहाईवरी दिनभरि उपवास बसेर बरको रुखमुनि लिपपोत गरी विधिवत बट सावित्रीको कथा श्रवण गरे पश्चात् ठूलाबडासँग आशीर्वाद लिदै सम्पन्न गरेकी छन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी